logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड ज्यू, केपी ओलीले चुनावी सभालाई सम्बोधन गरेर चुनाव जितेको इतिहास नबिर्सनुस

    प्रचण्ड ज्यू, केपी ओलीले चुनावी सभालाई सम्बोधन गरेर चुनाव जितेको इतिहास नबिर्सनुस

    4.3K
    Shares

    २९ साउन, काठमाडौं ।  नेकपा नेता तथा धादिङ्ग जिल्लाबाट निर्वाचित सांसद भूमी प्रसाद त्रिपाठीले केपी ओलीले दुईपटक चुनावी सभालाई सम्बोधन गरेर चुनाव जितेको इतिहास नबिर्सन नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई चेतावनी दिनुभएको छ ।

    प्रचण्डलाई चितवनमा चुनाव जित्न मुस्किल परेपछि दुई पटकसम्म ओलीले चुनावी सभालाई सम्बोधन गर्नुपरेको स्मरण गर्दै अहिलेको जनमत केपी ओलीले नाकाबन्दीको समयमा देखाएको राष्ट्रियताका कारण नेपाली जनताले ओलीलाई नै प्रधानमन्त्री बनाउने भन्दै अत्याधिक मत दिएर जिताएको उँहाको तर्क छ ।

    सुनौलो नेपाल अनलाइन टेलिभिजनसंगको कुराकानीका क्रममा  सांसद त्रिपाठीले ओलीकै ब्यानरमा चुनाव लडेका कारण तत्कालीन एमाओवादि र एमालेले संघ र प्रदेशमा समेत ओलीकै लोकप्रियताका कारण अहिलेको नेकपाले जनमत प्राप्त गरेको बताउनुभयो ।

    माओवादीलाई मुलधार र सत्तामा ल्याउन समेत केपी ओलीको योगदान रहेको बताउंँदै केपी ओली विना माओवादीको अस्तित्व समेत नरहने दाबी गर्नुभयो ।  ‘आफ्नै जिल्लामा समेत उहांँले मत माग्न सक्नु भएन त्रिपाठीले भन्नुभयो , आफ्नै निर्वाचन क्षेत्रमा समेत दुईदुईपटक केपी ओली दुई पटक जानुपर्यो  ?’  ।

    bhumi tripathik.jpg

    पार्टीलाई बलियो बनाउन र सरकारलाई स्थायीत्व दिन दुबै अध्यक्षको भूमिका उत्तिकै रहेको बताउंँदै  , प्रचण्डको पछिल्लो गतिविधिले चिन्ता थपिएकोले दुबै पार्टी एकीकरण पछिको सम्झौता, प्रतिबद्धता कार्यन्वयन गर्दै लैजानुपर्छ  । आगामी महाधिवेशनले भविष्यको योजना तर्जुमा गर्छ  कार्यविभाजनको लागि सहकार्यबाटनै निकास निकाल्नु पर्ने उहांँले बताउनु भयो ।

    अझैपनि प्रचण्डको  मन अस्थिर रहेकोले कमजोर मानसिकताले मुलुक समृद्ध बन्न नसक्ने भन्दै  प्रचण्डको आंशकालाई दुर गर्नको लागि सहमति र हस्ताक्षरमै काम भएको हो अहिले आफै प्रचण्डले पार्टी विभाजन गर्न  खोज्नु आफ्नै खुट्टामा बञ्चरो  हान्नु जस्तै हो। 

    एकीकरणलाई सार्थक निष्कर्ष पुर्याएर  जनताले समृद्धिको आशा  गरेकोले सोही अनुसार गुटउपगुट छाडेर जनताको एजेण्डामा केन्द्रीत हुनुपर्ने त्रिपाठीले बताउनु भयो ।

    पछिल्लो समय नेताहरु पार्टी भित्र कृतिम बिवाद सिर्जना गरेर सत्ता, शक्ति र पदको बार्गेनिङ गरेको भन्दै कोरोना भाईरस बाढि पहिरोका कारण देशमा संकटमा पुगेको र जनता निराश भएको बेला पार्टीका जिम्मेवार नेताहरु नै  सरकारलाई असफल बनाउनतर्फ केन्द्रित रहेको समेत उहाँले आरोप छ  ।

     

    यो सबै सत्ता र पद मोहको बहस हो यस्ता बहसले कुनै सार्थकता पाउदैन पार्टिको महाधिबेशन गरौँ भन्ने कुरा आएको छ तर नेताहरुले धैर्यता  प्रदर्शन गर्न नसकेको प्रती आफुलाई उदेग बताउदै मुलुकमा संकट आएका बेला शसस्त्र युद्धरत पक्षले समेत युद्धविराम गरी सहयोग गर्छन  तर यो संकटका बेला आफ्नै नेताहरु कुर्सीका लागी लड्नु आश्चर्य जनक छ उहाँले भन्नुभयो ।    

     

    हेर्नुहोस सुनौलो नेपालका लागी महेश शर्माले सांसद त्रिपाठीसंग गरेको कुराकानी पूरा अंश 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend