काठमाडौं– चर्चित सर्जक शिव सुवेदीले ‘अत्ति भयो अत्ति’ बोलको गीत सार्वजनिक गरेका छन ।
गरीवको गीत शिर्षकमा लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारहरु आवाज दिएका छन । नेपालमा हाल चलिरहेको ‘इनफ इज इनफ’ अभियानलाई गीतको मुख्य बिषयबस्तु बनाईएको छ ।
सुवेदीको शब्द र लय रहेको गीतमा कलाकारहरु कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको स्वर रहेको छ।
स्वीट्जरल्यान्डमा सिस्मोलोजीमा पिएचडी गरीरहेका सुबेदी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक हुन्।
हेर्नुहोस् सो गीतको म्युजिक भिडियो