logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    343
    Shares
    देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ बिहीबार सार्वजनिक गरेको हो ।

    प्रतिवेदनअनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत कामय भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । यो आधारमा एक वर्षको अवधिमा महँगी ४५.४७ प्रतिशतले घटेको बुझ्न सकिन्छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

    आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा छ ।

    साउनसम्म विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ । जबकि असारसम्म २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै विदेशी मुद्रा सञ्चिति थियो । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनामा १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

    शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड रुपैयाँ र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड रुपैयाँ र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend