logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    महजोडीको ‘मह जात्रा’ प्रहसन कात्तिक २९ गतेदेखि

    महजोडीको ‘मह जात्रा’ प्रहसन कात्तिक २९ गतेदेखि

    294
    Shares
    महजोडीको ‘मह जात्रा’ प्रहसन कात्तिक २९ गतेदेखि

    काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रस्तुती दिने भएका छन् ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने जनाएको हो ।

    दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रस्तुति रहने बताइएको छ ।

    प्रहसनको मुख्य उद्देश्य हाँस्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुऋतिहरुलाई व्यंग्यको माध्यमबाट प्रश्तुत गरिने बताइएको छ ।

    कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम गर्न लागेकोमा आफू उत्साहीत रहेको बताए । उनले आफूहरु कुनैपनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दलहरुलाई बराबर नजरले हेरेको बताए । उनले शरीरले साथ दिएसम्म आफूले काम गरिरहने बताए ।

    कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मनोरञ्जनलाई पहिलो स्थान दिएर एउटा नाटक बनाएको बताए । उनले दर्शकको मुहारबाट कसरी हाँसो फुस्काउने भन्ने आफूहरुको काम हुने बताए । उनले राजनीति सुधारको लागि ४० वर्ष अघिदेखि आवाज उठाउँदै आएपनि अहिलेसम्म सुधार हुन नसकेको बताए । उनले राजनीतिक विृकतिलाई हाँस्यव्यंग्यबाट प्रश्ततु गर्ने गरेको उल्लेख गरे । कसैलाई रिस उठ्नेगरी आफूहरुले व्यंग्य नगर्ने उनले बताए ।

    मह जोडी दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आएको हो । मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ ।

    यस प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend