logo

२०८१ असोज १० बिहिबार

logo
  • बिहिबार, १० असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सांस्कृतिक कार्यक्रममा योगदान गर्ने विभिन्न व्यक्तित्व सम्मानित

    सांस्कृतिक कार्यक्रममा योगदान गर्ने विभिन्न व्यक्तित्व सम्मानित

    154
    Shares
    सांस्कृतिक कार्यक्रममा योगदान गर्ने विभिन्न व्यक्तित्व सम्मानित

    काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो ।

    कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताए । उनले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

    सम्मानित हुनेहरुमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मानले देशप्रतिको जिम्मेवारी अझ थपिएको उल्लेख गरे । ‘नेशनल डे कन्सर्ट’का लागि नागरिकस्तरबाट १५० जनाको विशेष समिति गठन गरिएको थियो । समितिमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend