logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष परियारका १५ सुझाब

    लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष परियारका १५ सुझाब

    448
    Shares
    लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई निवर्तमान वरिष्ठ उपाध्यक्ष परियारका १५ सुझाब

    काठमाडौँ । यति बेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४औं केन्द्रीय बार्षिक साधारणसभा तथा विधान अधिवेशन गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा असोज ११ र १२ गते आयोजना भएको प्रचार प्रसार भैरहेको छ । खुसीको कुरा के छ भने यस प्रदेशले प्रतिष्ठानका ऐतिहासिक कामहरु सफलरुपमा सम्पन्न गर्दै आएको छ । त्यसै क्रममा यो संस्थाको ऐतिहासिक ७औं महाधिवेशन पोखरामा सम्पन्न गर्दै गर्दा आयोजको समितिको जिम्मेवार भुमिका प्रतिष्ठान गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्षका हैसियतले मैले पनि प्राप्त गरे । त्यसैले यत्ती भन्न सक्छु । यो कार्यक्रम पनि पोखरा टेकेपछी सफल भैसक्यो ।

    आदरणीय केन्द्रीय अध्यक्ष ज्यूलाई ड्यासिङ नेतृत्वको रुपमा सर्वत्र सुन्न र देख्न पाइन्छ । त्यसैले पनि विगतका साधरणसभा र विधान अधिवेशनहरु भन्दा अझै यो उत्सव बेग्लै र प्रतिष्ठानको इतिहासमा सम्झना लायक रहनेछ । साधरणसभा त उसै पनि सफल हुन्छ भैरहेका कामको अनुमोदन र यो बर्षको योजना तयार गरि अनुमोदन गर्ने नै योजना होला त्यसैले साधरणसभा र विधान अधिवेशनको सफलताको शुभकामना व्यक्त्त गर्दछु ।

    अबको महाधिवेशन कस्तो बन्ने ? अबको महाधिवेशनसम्म पुग्दा के कस्ता तयारी गरेर जाने भन्ने विशेष तयारीको बेला यही विधानसभालाई उपयोग गर्नुपर्दछ । हामीले संस्था कस्तो बनाउन चाहन्छौ त्यसको चित्र कोर्ने बेला यही हो त्यसैले समयलाई भरपुर उपयोग गरि घनिभुत छलफल गर्न जरुरी देखिन्छ ।

    अहिले म कार्यकारी भुमिकामा छैन तर संस्थालाई मेरो मनले बुझेको छु मुटुमा सजाएको छु त्यसैले यो संस्थाको श्रीबृद्दिका लागि केही न केही गरिरहु, बोलिरहु र लेखीरहु भन्ने भाव जिवितै छ त्यसैले साधरणसभाको शुभकामना सहित केही सुझाबहरु यस्ता छन् :

    १.जिल्ला प्रदेश र केन्द्रमा संरक्षक र सल्लाहकारहरुको संख्या र योग्यता के हुने स्पष्ट हुने गरि विधानमै लेख्ने या विधान सम्मत बिनियम बनाएर जाने छलफल हुन जरुरी छ ।

    २. मौलाउदै गरेको प्रत्यक्ष दोहोरी उत्पादक कम्पनी तथा च्यानल र कलाकारहरुप्रती राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धारणामा लेख्ने या कार्यनीतिमा हुनुपर्ने गरि अब बहस र छलफल गर्ने बेला आएको छ ।

    ३. राज्यले नै संगीत बिकासबोर्ड र यसको सेन्सर गर्ने आट नगरेको वा जरुरी नठानीरहेको अवस्थामा, बिकृती न्यूनीकरण समिति त हाम्रो संस्थाभित्र छ तर यो समितिका प्रयासलाई र मान्नैपर्ने औचित्यहरुको बारेमा बृहत् छलफल हुनुपर्ने देखिन्छ। साथै समितिको कार्यविधि अहिलेसम्म के छ छैन भने स्पष्ट कार्यविधि हुनु जरुरी छ त्यसैले यो साधरणसभाले छलफल गर्न सक्नुपर्छ र नीतिको व्यवस्था हुनुपर्दछ ।

    ४. सरकारसँग अबको प्रतिष्ठानको सम्बन्ध के हुने, लोकदोहोरी बिकास बोर्ड गठन, लगायत कलाकारका पक्षमा सरकारले हेर्ने विषयहरुकाबारेमा पैरवी गरिरहने संस्था हुनेकी , दर्ता अनुसार राज्यको एउटा गैरसरकारी संस्था मात्रै हुने यो बारेमा स्पष्ट नीति हुनु जरुरी छ ।

    ५. प्रतिष्ठानको अहिलेसम्मको अभ्यास अधिवेशन महाधिवेशनका बेला एकपटक त्यो पनि सधैं पहिलो र अन्तिम पटक सदस्यता वितरण गर्ने अभ्यास गरिँदै आएइको छ । अब कोष निर्माणका लागि सदस्यता वितरण गर्ने परम्परालाई संशोधन गर्दै संगठीत सदस्यहरुको अध्याबधी गर्ने गरि निवर्तमान गण्डकी प्रदेश समितिले मेरो संयोजकत्वमा एउटा ढांचा तयार गरेको थियो कति पूरा भएका छ्न होला कति तत्काल बाँकी रहे । यो संस्थाको सदस्यता लिएको कहिले हो ? को पुरानो हो ? को नयाँ ? यसको लेखाजोखा हुने गरि दस्ताबेजीकरण हुन जरुरी छ । साथै सदस्यता सम्बन्धी व्यवस्थालाई संशोधन गर्नु पर्ने अबको आबश्यकता हो त्यसैले हामीले बिगतमा गरेका लिखत व्यवस्थालाई कार्यान्वयनमा लगौँ कलाकरितामा लागेका व्यक्तिहरुलाई मात्रै सदस्यता दिने प्रण गरौं । साथै सदस्यताको अध्याबधिक विवरण अनलाइन तथा संस्थाको आधिकारिक वेबसाइटमा उपलब्ध गराउने व्यवस्था हुन सके संस्थामा सुशानको उदाहरण दिने नजिर हुनेछ।

    ६. आजिवन सदस्यता वितरणको मापदण्ड, योग्यता तथा अधिवेशन महाधिवेशनमा प्रतिनिधित्वकाबारेमा बृहत् छ्लफल गरिनु पर्ने अबको आबश्यकता हो ।

    ७.प्रदेश समितिमा महासचिव र २ जना सचिवको व्यवस्था हुने गरि विधानमा  समावेश गर्न जरुरी देखिन्छ ।

    ८.व्यत्तिलाई संरक्षण गर्ने प्रक्रियाबाट माथी उठेर बिधिलाई कामकाजी बनाउनेतर्फ सोच्नु जरुरी हुन्छ त्यसैले केन्द्रीय समितिमा सचिवहरुको संख्या घटाएर महासचिव र सचिव २ जना मात्रै हुँदा कार्यकारी बन्ने देखिन्छ । प्रदेश संयोजन गर्ने समन्वयकारी जिम्मेवारी प्रदेश कोटामा निर्वाचित केन्द्रीय सदस्यलाई प्रदान गरि कार्यकारी भुमिका प्रदान गर्न जरुरी देखिन्छ । यसो गर्दा जिम्मेवारीको दुबिधा घट्दछ ।

    ९. जिल्ला समितिहरुले संघियताको मर्म अनुरुप अब सम्भव हुने पालिकाहरुमा स्थानिय प्रतिष्ठान गठन गर्न पाउने सुबिधा खुल्ला छोड्ने गरि नीतिको व्यवस्था गर्नुपर्छ ।

    १०. केन्द्रीय उपाध्यक्षहरु यात प्रदेश अनुरुप जिम्मेवारी दिने गरि ७ जनाको परिकल्पना गरिनु पर्छ यात वरिष्ठ प्रथम र दृर्तिय उपाध्यक्ष हुँदा नै ठीक हुने यो विषयमा पनि छ्लफल गर्न सके महाधिवेशनलाई सहज हुनेछ ।

    ११. यो गरिमामय सभाले सकेसम्म प्रतिष्ठान निर्वाचन कार्यविधि नै बनाएर समाबेशी समिति बनाउने तर्फ पनि ध्यान दिन जरुरी छ ।

    १२ . केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य पदाधिकारीले उम्मेद्वारी दर्ता गर्दा सम्बन्धित जिल्ला या प्रदेशबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गर्न सके जिल्लाप्रती जवाफदेहिता बढ्ने छ ।

    १३. प्राबिधिक कारण संस्थाको माया मुटुमा बोकेर बाहिर रहनेहरुको अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्ने कार्यनीतिको लागि बहस र छलफल गरि स्पष्ट नीति बनाउन सक्नुपर्दछ । यसो गर्दा संस्थाले कसैलाई पनि गुमाउन पर्दैन । निर्वतमान र पुर्व पदाधिकारीको बरियाताक्रमको जसरी व्यवस्था भएको छ त्यसलाई कार्यान्वयन गर्नका लागि यो सभामा बृहत् छलफल हुँदा भबिस्यमा बिगतका कमजोरी दोहोरीने सम्भावना घटेर जान्छ ।

    १४. पुरस्कार तथा सम्मानमा सहज बनोस भन्ने उदेश्यले हामीले गण्डकी प्रदेशमा हरेक पुरस्कार तथा सम्मानका लागि कार्यविधि बनाएर कार्यन्वयनको सोच शुरु गरेका थियौं सायद केन्द्र तथा अन्य प्रदेश र जिल्लाहरुमा यो विधि उपयुक्त हुन सक्ने देखिन्छ जसका कारण पुरस्कार तथा सम्मानको आफैमा सम्मान देखिन्छ । त्यसैले सम्मान तथा पुरस्कार ब्यबस्थापन कार्यविधिका लागि सभाले अनुमती लिनु सान्दर्भिक देखिन्छ ।

    १५. हो दोहोरीगीत प्रतिष्ठानले प्रतियोगिता गर्नुपर्छ यो हाम्रो पहिचान हो, तर परिवार बढ्यो संस्था झांगिदै गयो अब यसलाई सहि मार्गमा हिडाउनका लागि ,परिमार्जित संस्थागत आचारसंहिता तयार गरि सो को लागि समय समयमा प्रशिक्षण ,खोज अनुसन्धान र प्रकाशन जस्ता प्राज्ञिक कार्यहरु गर्न जरुरी छ । ७ जेठ २०८० देखि वेबसाइट नै अपडेट भएको जस्तो देखिदैँन । अबका संस्थाहरु प्रबिधिमैत्री हुन जरुरी छ त्यसैले कारोबार डिजिटल बनोस्, कार्यशैली डिजिटल बनोस र एउटा विश्वविद्यालय सरि गरिमा बोकेको यो संस्थाका हरेक गतिबिधी आफ्नो वेबसाइटमा अपडेट भइरहने गरि ब्यवस्थापन गर्न जरुरी देखिन्छ । बौद्धिक बिद्वान र बुद्दिजीवीको जमघट हुने यो साधारणसभाले अब यो वर्ष गरिने कामहरुको खाका तयार गर्नुपर्छ । संस्थालाई जति साझा बनाउन सक्यो त्यति उचाई बढ्ने सोचका साथ प्रतिष्ठानको उचाइ र गरिमा बढाउन हामी सबैलाई प्रेरणा मिलोस साधारणसभा भव्य सफलताको शुभकामना ।

    ( राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको निवर्तमान वरिष्ठ उपाध्यक्ष पूर्ण परियार )


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend