आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लगातारको वर्षाले ठाउँ-ठाउँमा राजमार्ग र सडक अवरुद्ध, यातायात ठप्प

लगातारको वर्षाले ठाउँ-ठाउँमा राजमार्ग र सडक अवरुद्ध, यातायात ठप्प

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरो । पहिरोका कारण दमौली डुम्रे सडकखण्ड अवरुद्ध छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग र नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ।

निरन्तरको वर्षाले काठमाडौं -सिन्धुली, मुग्लिङ – पोखरा, चितवन – बुटवल, काभ्रे – दोलखा, बेनी – मुस्ताङ, कैलाली – बझाङ – बाजुरा सडक, झापा – ईलाम सडक बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पृथ्वी राजमार्गको घोप्टेभिर, मौवाखोला, दतिखोला र पानी धारामा पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध छ।

नारायणघाट–मुग्लिन सडकको टोपे खोला नजिक पहिरो झरेर यायायात दुईतर्फै बन्द छ। केराबारी, घुमाउने र सिमलतालमा पनि पहिरो झरेको छ ।

साथै नौ किलो भन्ने स्थानमा सडक भासिएको छ। सडक २ फिटजति तल भासिएको प्रहरीले जनाएको छ।

चितवनस्थित पूर्व–पश्चिम राजमार्गको टिकौलीमा २ वटा रुख ढलेका छन्। रुख ढलेर मोटरसाइकल बाहेकका यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend