logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय क्रिकेट: बिश्व बिजेता इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्दै !

    अन्तर्राष्ट्रिय क्रिकेट: बिश्व बिजेता इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्दै !

    भदौ २६ काठमाडौं,  इङ्ल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग आजबाट तीन खेलको एक दिवसीय शृङ्खला खेल्दैछ ।

    यस शृङ्खलाको तीनवटै खेलहरु म्यानचेष्टरको ओल्ड त्राफोर्डमा खेलिने कार्यक्रम रहेको छ । इङ्ल्याण्डका लागि चोटको उपचार पछि मैदानमा फर्किएका स्टार ब्याट्सम्यान जेसन रोयको आगमन हुँदैछ ।

    उता अष्ट्रेलियाको कप्तानिमा आरोन फिन्चले सम्हालिरहेका छन् । विश्वकप विजेता इङ्ल्याण्ड ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट तालमेलमा रहेको र यसै साता भएको तीन खेलको टि-ट्वान्टी सिरिजमा पनि अष्ट्रेलियालाई पराजित गरेकोले उच्च मनोबलमा छ ।

    अष्ट्रेलिया पनि टि-ट्वान्टीको हारको बदला लिने लक्ष्यमा छ । २०१९ को विश्वकपयता खेलेका एकदिवसीय खेलहरुमा अष्ट्रेलियाले केवल दुईवटामा मात्र जित हात पारेको छ ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend