आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शेयर बजार बढ्यो, कारोबार ३ अर्ब ७१ करोड मात्रै

शेयर बजार बढ्यो, कारोबार ३ अर्ब ७१ करोड मात्रै

काठमाडौं । सोमबार शेयर बजार नेप्से परिसूचक बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ ।

आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आज सीएचडीसी कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँ र शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन, बैंकिङ समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

सीएचडीसीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ९.९८ प्रतिशत र यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले कमाएका छन् ।

आज प्रभु सेलेक्ट फन्डका इकाईधनीले ९.३६ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend