logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • प्रधानमन्त्री ओली अमेरिका भ्रमण पूरा गरी स्वदेश फिर्ता

    प्रधानमन्त्री ओली अमेरिका भ्रमण पूरा गरी स्वदेश फिर्ता

    1.6K
    Shares
    प्रधानमन्त्री ओली अमेरिका भ्रमण पूरा गरी स्वदेश फिर्ता

    काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

    अमेरिकाकाट स्वदेश फर्किएको प्रधानमन्त्री ओलीलगायत टोलीलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायतले विमानस्थल पुगेर स्वागत गरे ।

    प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।

    न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

    अमेरिकाकाट स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend