logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अन्य कुन खेलाडी कुन टिममा ?

    एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अन्य कुन खेलाडी कुन टिममा ?

    1.8K
    Shares
    एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अन्य कुन खेलाडी कुन टिममा ?

    काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई रु १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित अक्सनमा अनिलले न्यूनतम रु १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

    आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल रु १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।

    तीव्र गतिका बलर प्रतिश जिसीलाई रु १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उहाँलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।

    त्यस्तै, लोकेश बमलाई विराटनगरले रु १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उनलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।

    मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य रु १० लाख राखेका थिए । अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।

    यसैगरी, रिजन ढकाल रु १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन् । ए ग्रेडमा रहेका उनले न्यूनतम रु १० लाख पाउनुभएको छ । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले रु पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए । यसैगरी, अलराउन्डर नारायण जोशी रु १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

    युवा ब्याटर ऋत गौतम रु पाँच लाखमा नै बिक्री भएका छन् । न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।

    आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ ।

    अक्सन चलिरहेको छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम रु १० लाख र उच्चतम रु १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम रु पाँच लाख तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend