आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अनिल बने एनपिएलमा आठ टोलीले नै मूल्य लगाउने एक्लो खेलाडी

अनिल बने एनपिएलमा आठ टोलीले नै मूल्य लगाउने एक्लो खेलाडी

काठमाडौँ । विकेट किपर एवं ब्याटर अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी बनेका छन् ।

पहिलो संस्करणको एनपिएल क्रिकेटको अक्सनमा अनिललाई १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् ।

यो पनि :

एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध, अन्य कुन खेलाडी कुन टिममा ?

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend