
काठमाडौँ । लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । उनले आज (बुधाबार) दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।
बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समारोह भएको हो । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
वैवाहिक समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो ।
सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो। गायक सापकोटाको पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै लगायत गीतहरू चर्चित छन्। उनी गायनसँगै मोडलिङ समेत गर्छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend