सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कीर्तिपुरको मैत्रीनगरमा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास

कीर्तिपुरको मैत्रीनगरमा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं । कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यालय भवनको शिलान्याश गरेका हुन् ।

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

१० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको पोखरेलले बताए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend