आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दशैँ : टीका लगाउँदा को कता फर्किने ?

दशैँ : टीका लगाउँदा को कता फर्किने ?

काठमाडौं । बडादशैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:३३ बजे रहेको छ ।

लगाइमाग्ने र लगाइदिने कता फर्किने ?

विजयादशमीको दिन आज चन्द्रमा मकर राशीमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने छ ।

यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने बताइएको छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशीका आधारमा निर्धारण हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend