logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

    बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

    518
    Shares
    बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

    काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अङ्कले बढेर २७४५.३६ को विन्दुमा अडिएको हो ।

    आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।

    यस दिन बजारमा १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

    आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मुल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ ।

    अघिल्लो कारोबारका दिन बुधबार मात्रै ४३.२२ अङ्कले बढेको बजारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।

    कारोबारका आधारमा आज कुमारी बैङ्क ३३ करोड १३ लाख ९० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

    दशैं बिदापछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।

    यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो । बुधबार ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend