logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • ६४० मेगावाट कालिगण्डकी जलासय बनाउँदै सरकार, इआइए प्रतिवेदन तयार हुँदै

    ६४० मेगावाट कालिगण्डकी जलासय बनाउँदै सरकार, इआइए प्रतिवेदन तयार हुँदै

    147
    Shares
    ६४० मेगावाट कालिगण्डकी जलासय बनाउँदै सरकार, इआइए प्रतिवेदन तयार हुँदै

    काठमाडौं । सरकारले ६ सय ४० मेगावाटको कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ । विद्युत विकास विभागले अहिले जलासययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) को काम गरिरहेको छ ।

    इआइए प्रतिवेदन तयार पार्न विभागले आयोजना प्रभावित स्थानीय तहहरुमा सार्वजनिक सुनुवाइ सुरु गर्न लागेको छ । बुधबार बागलुङ र शुक्रबार बागलुङको जैमनी र आइतबार गुल्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको विभागले जनाएको छ ।

    सार्वजनिक सुनुवाइ कार्यक्रम सकिएपछि इआइए प्रतिवेदनलाई अन्तिम रुप दिइने भएको छ । आयोजनाबाट बागलुङ पर्वत, गुल्मी जिल्ला प्रभावित हुने देखिएको छ । इआइएको काम अस्ट्रेलियाको स्मेक जेड जेभीले गरिरहेका छन् ।

    विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको हो ।

    इआइएका लागि प्रभाव पार्न सक्ने क्षेत्रका रूपमा बागलुङ नगरपालिकाका १३ वडा, काठेखोला गाउँपालिकाको चार वडा, बरेङ गाउँपालिकाकोे एक, पर्वत जिल्लाको जलजला गाउँपालिकाको ८ र ९ वडा, विहादी गाउँपालिकाको छ वटा, पैयु गाउँपालिकाको सातवटा, मोदी गाउँपाकिलाको चारवटा र महाशिला गाउँपालिकाको छ वटा छन् ।

    यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाको दुईवटा, वालिङ नगरपालिकाको चारवटा, भिरकोट नगरपालिकाको दुईवटा, अर्जुन चौपारीको दुईवटा वडा र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको ७ र सत्यवती गाउँपालिकाको १ वडा अनुमानित गरिएको छ ।

    बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको छ ।

    आयोजना निर्माण गर्न पर्वत जिल्लाको विहादी गाउँपालिका–६ र गुल्मीको कालीगण्डकी गाउँपालिकामा बाँध बनाइने भएको छ । विहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै चार किलोमिटर तल विद्युतगृह निर्माण गरिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

    विहादीमा २ सय ५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्दा पर्वतको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म जलासय बन्ने देखिएको छ । पछिल्लो समय कालिगण्डी नदीमा आधा दर्जन बढी जलविद्युत आयोजना निर्माण हुन लागेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend