logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार : मन्त्री साह

    मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार : मन्त्री साह

    196
    Shares
    मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार : मन्त्री साह

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार भएको बताएका छन् ।

    आईतबार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री साहले बालबालिका सम्बन्धि ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेश गरिएको पनि बताए । उनले हिंसा पीडित महिलाहरुका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनःस्थापना गृह निर्माण कार्य पनि छिट्टै शुरु गर्ने बताए ।

    करिव ३० करोड लागतमा सो गृहको निर्माण कार्य शुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    मन्त्री साहले भने, ‘बालबालिका सम्बन्धि ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेश गरिएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि मन्त्रालय स्तरीय समिति गठन भई मस्यौदा तयार भएको छ ।

    महिला उत्थान परियोजनामार्फत निर्माण हुने मंगला साहना दीर्घकालीन पुनःस्थापना गृहको जग्गा विवाद सूर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको छ । अब छिट्टै करिव ३० करोड लागतमा लैगिक हिंसा पीडितहरुको आश्रय तथा सेवाको लागि पुनस्थापना केन्द्र निर्माण हुनेछ ।’

    मन्त्री साहले सडक बालबालिकाहरुको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend