काठमाडौं । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ ।
स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन र सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।
धनतेरसमा के किन्ने ?
धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो
गणेश लक्ष्मीको मूर्ति
माटो वा फलामको दीयो ।
धन यन्त्र
आर्थिक लाभका लागि पानीका भाडा
कारोबारमा विस्तारका लागि धातुको दियो
सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली
स्वास्थ्य तथा आयुका लागि घन्ट
घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा
पूजा र सामान खरिदका लागि शुभ साइत
सामान किन्नका लागि सवा १२ बजेदेखि पौने दुई बजेको समय उपयुक्त छ ।
यस्तै सवा नौ बजेदेखि पौने ११ बजेको समय सामान किन्नका लागि राम्रो रहेको छ ।
यो समयमा पूजा अर्चाना गर्ने शुभ साइत पनि हो ।
विहान पौने ११ देखि सवा १२ का बीचमा सामान नकिन्नु उपयुक्त हुनेछ ।