logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • शेयर बजार १४.४३ अंकले घट्यो, ६ अर्बको कारोबार

    शेयर बजार १४.४३ अंकले घट्यो, ६ अर्बको कारोबार

    287
    Shares
    शेयर बजार १४.४३ अंकले घट्यो, ६ अर्बको कारोबार

    काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार १४.४३ अंक घटेर नेप्से २६७७ मा ओर्लिएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

    मंगलबार ६ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज सीएचडिसी कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसीको २६ करोड ५ लाख रुपैयाँ र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार ७५ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक २.५२ प्रतिशत बढ्यो । त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढ्दा अरु समूह घटे ।

    लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो ।

    गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्याङ्गे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

    आज गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर स्याङगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

    आज जानकी फाइनान्सका लगानकिर्ताले ४ दशलमव ९० प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend