काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
रंगशालाको क्षमता भने १५ हजार हो । तर, सुरक्षा अवस्थालाई ध्यानमा राखी चार हजार टिकट बिक्री नगरिएको एन्फाले जनाएको छ ।