logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • युक्रेनको खार्किभमा पुनः रूसी हमला : दुईको मृत्यु, ३४ घाइते

    युक्रेनको खार्किभमा पुनः रूसी हमला : दुईको मृत्यु, ३४ घाइते

    553
    Shares
    युक्रेनको खार्किभमा पुनः रूसी हमला : दुईको मृत्यु, ३४ घाइते

    किएभ, एएफपी । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार हवाई आक्रमणको माध्यमबाट रूसले प्रहार गरेको शक्तिशाली हतियार प्रमुख उत्तरपूर्वी शहर खार्किभको एक भवनमा ठोक्किएको थियो ।

    गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए ।

    खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

    यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरेका छन् । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन सङ्कटमा पर्ने बताए ।

    जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend