सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

डा सुनील शर्माले लगाए रुपा विकको हातबाट यसबर्षको भाइटीका

डा सुनील शर्माले लगाए रुपा विकको हातबाट यसबर्षको भाइटीका

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता  डा सुनील शर्माले रुपा विकको हातबाट भाइटीका लगाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं वन राज्यमन्त्री रहेकी बिकसंग शर्माले यस बर्षको भाइटिका लगाएका हुन्।  भाइटिकाको दिनमा जोडीएको दाजुबहिनीको सम्बन्ध पवित्र  र  जुगौँजुगसम्म जीवन्त रहने बिश्वास ब्यक्त गरेका छन् ।

विकले शनिबार डा शर्मालाई फोन गरेर टीकाका लागि निम्तो गरेपछि केही समय आफू भावविह्लल भएको र निम्तो सहजै स्वीकारेर मन्त्री विकको हातको टीका लगाउन  उनको निवासमा पुगेको   बताए ।

मोरङ क्षेत्र नम्बर ३ का सांसद शर्मा फराकिलो मतान्तरले विजयी हुने सांसद हुन् । उनले सांसद बापतको तलब लिँदैनन् । उनी समाजसेवामा निकै नै अगाडि छन् । स्वास्थ्य सेवाको माध्यमबाट उनले न्यून आय भएकाहरुको स्वास्थ्यमा सघाउ पुर्याउँदै आएका छन् ।

डा शर्माले सम्हालेपछि काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले देशका धेरैजसो ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधासमेत थपेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर हजारौँको निःशुल्क उपचार गरेको छ । साथै शल्यक्रियासमेत बिरामीको आर्थिक स्थिति हेरेर निःशुल्कसमेत गर्दै आएका छन् ।

उनी आफैँले भन्ने गर्छन् कोही पनि नेपाली बिरामीले उपचार नपाएर बस्नु परेको सुन्नु नपरोस् ।

उनले राजनीतिलाई पनि फराकिलो बनाउँदै लगेका छन् । सो क्रममा कांग्रेसभित्र आफ्नो पकड बलियो बनाउँदै गएका डा शर्माले आगामी कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने योजनासमेत बनाएका छन् ।

जस्तासुकै नेता कार्यकर्तासँग घुलमिल भएर आफ्नो भनाइ स्पष्ट राख्न सक्ने क्षमता भएकै कारण उनको राजनीतिक दृष्टिकोणले सही दिशा पहिल्याएको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend