logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनीलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन

    लुम्बिनीलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन

    1.1K
    Shares
    लुम्बिनीलाई आठ रनले हराउँदै सुदूरपश्चिम च्याम्पियन

    काठमाडौं । फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति वाइ वाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    बुधबार विराटनगरमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १३।१ ओभरमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो ।

    लुम्बिनीका ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे ।

    सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए । लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भएका हुन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । १० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए ।

    यस्तै, सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए । अशोक धामीको नाममा एक विकेट रह्यो ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम पनि ३७।३ ओभरमा १२७ रनमै समेटिएको थियो । सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए । नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए ।

    लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए । राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए । प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दी सिरिज’ चुनिए । उनले ब्याटिङमा पनि १९१ रन जोडेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend