२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।

ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ/छ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले भने एक रन पनि जोड्न सकेनन् ।

कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक/एक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

---

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट