
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
त्यस्तै, बैठकले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend