logo

२०८१ कार्तिक २७ मंगलबार

logo
  • मंगलबार, २७ कार्तिक २०८१
  • उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

    उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

    476
    Shares
    उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको हो ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बसेको सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

    सचिवालय बैठक मार्फत पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको छ ।

    एमालेले काठमाडौँमा जागरण सभा गर्ने भएको छ । सचिवालय बैठकले आउँदो मङ्सिर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा गर्न लागेकोले सो कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend