logo

२०८१ कार्तिक २८ बुधबार

logo
  • बुधबार, २८ कार्तिक २०८१
  • ललितपुरमा अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

    ललितपुरमा अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

    203
    Shares
    ललितपुरमा अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

    ललितपुर । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ ।

    जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनाधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आईतवार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो ।

    २०७३ साल पुस १८ गते अनाधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।

    उनले भने, ‘२०७३ साल पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रुपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन उपमहानगरपालिकाको निर्णयअनुसार अहिलेसम्म विभिन्न कारणले मुद्दाहरु हाल्यो । अहिले सम्मानित उच्च अदालत, सर्वोच्च अदालतबाट भत्काउने फैसला गरेका कारण आज हामीले यो भत्काएको हो ।’

    सो अनाधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । यसैबीच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरुको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरुको घर जाने सडक बाटो समेत भिचेको दाबी गर्दै आफूहरुमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरेकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend