logo

२०८१ कार्तिक २८ बुधबार

logo
  • बुधबार, २८ कार्तिक २०८१
  • विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

    विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

    616
    Shares
    विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

    जनकपुर । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने भएका छन् ।

    आईतबार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठकमा सो जानकारी गराइएको हो ।

    विवाहपञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए । उनले जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने बताए । अयोध्याबाट आउने जन्तीको भव्य र सभ्य स्वागत गर्ने बताए ।

    उनले भने, ‘यसपालि विवाहपञ्चमी महामहोत्सवमा विगतको पाँच वर्षपछि यस वर्ष पनि विवाहमहोत्सवमा विधिवत जन्ती आउने कार्यक्रमहरु छ । यो २०६१ सालदेखि शुरु भएको हो । यो चौथो पटक हो । जसमा पाँच सयको हाराहारिमा जन्ती विभिन्न ठाउँमा बास बस्दै आउनु हुनेछ । जनकपुरमा १७ गते प्रवेश गर्नुहुन्छ । १८,१९,२०,२१ र २२ गतेसम्म जनकपुरमा उहाँहरु बस्नुहुन्छ ।

    र जनकपुरवासीहरु स्वागतमा सम्पूर्ण तयारी गरिरहेका छौँ । सात दिवसीय कार्यक्रम रहेको छ । रामायणकालीन विवाह अवलोकन गराउँछौँ । भव्य र सभ्य स्वागतमा हामी कुनै कमी गर्दैनौँ ।’

    विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तिब्र बनाइएको छ । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।

    अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend