२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

कोशीमा पनि बन्यो काङ्ग्रेस र एमालेको संयन्त्र

बुधवार , कार्तिक २८, २०८१

विराटनगर । सरकारमा रहेका ठुला दुई दल काङ्ग्रेस र एमालेले हरेक प्रदेशमा संयन्त्र बनाउने उदेश्य अनुरुप कोशी प्रदेशमा दुई पुर्व मुख्यमन्त्रीलाई राखेर संयन्त्र बनाएको छ ।

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन काँग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाएको जनाएको छ । 

संयन्त्रमा एमालेका चार तथा काँग्रेसका दुई जना नेता सहभागी छन् । नेकपा एमालेका प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने काँग्रेसका तर्फबाट संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा र महामन्त्री समेत रहेका। भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहेका छन् ।

बैठकपछि आज भएको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका इन्चार्ज तथा संयन्त्रका सदस्य शेरधन राईले एक साता भित्रमा सबै जिल्लामा संयन्त्र बन्ने बताए ।

उनले भने, ‘संयन्त्रमा एमाले र कांग्रेसका ३-३ जना जिल्ला तहका नेताहरू रहनेछन् ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ