बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

मोटरसाइकललाई ठक्कर दिने कार चालक प्रकाश भुजेलले गरे आत्मसमर्पण

मोटरसाइकललाई ठक्कर दिने कार चालक प्रकाश भुजेलले गरे आत्मसमर्पण

काठमाडौं । काठमाडौंको शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिने कार चालक झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

बुधबार बौद्ध बस्ने झाँक्री भुजेलले प्रहरी वृत बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई ठक्कर दिएर एक पसलको सटरमा ठोक्किएको थियो ।

कारको ठक्करबाट दुई जना घाइते भएका थिए । उनीहरूको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend