२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गौशालाका अतिक्रमित संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । गौशाला क्षेत्रको अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । आज दिउँसो डोजरसहित पुगेको नगर प्रहरी बलले गौशाला क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको हो ।

नगर प्रहरीका अनुसार चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो ।

यस क्षेत्रमा सडक मिचेर बनाइएका पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने नगर प्रहरीले जनाएको छ ।

यसअघि पनि उक्त क्षेत्रमा नगरप्रहरीले डोजर चलाएको थियो । तर महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए ।

स्थानीयले संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट