logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागू हुने

    उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागू हुने

    259
    Shares
    उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागू हुने

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको हो । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ ।

    निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको छ ।

    निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेको कार्य गराउनुपरे आयोगलाई जानकारी गराउनुपर्ने निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय रुपमा सम्पन्न गराउन सबैको सहयोग हुने आयोगको विश्वास छ ।

    निर्वाचन आचारसंहिताविपरीत कार्य भए गरेको पाइए वा हुनसक्ने आधार देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोगलाई जानकारी गराउन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend