२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लक्ष्मी सनराइज बैंकलाई अनुमति

आइतवार , आषाढ १४, २०८३

काठमाडौं। लक्ष्मी सनराइज बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ।

बोर्डले बैंकलाई ‘लक्ष्मी सनराइज बैंक डिबेन्चर २०९२’ नामक ऋणपत्र ल्याउन अनुमति दिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने सार्वजनिक निष्कासन गर्नेछ।

१० वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज पाइनेछन्। बैंकको ऋणपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट