२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

ग्लोबल आइएमई बैंकको ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा बैंकले कार्यक्रम सार्वजनिक गर्दै देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट इन्क्युबेसन कार्यक्रमका लागि आवेदनसमेत आह्वान गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्यमशालाले व्यवसाय सुरु गर्न चाहने युवा तथा सञ्चालनमा रहेका साना व्यवसायीहरूको साझा चुनौती समाधानमा सहयोग पुग्ने बताए। उनका अनुसार विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, सीप र व्यवसाय विकाससम्बन्धी परामर्श प्रदान गरिनेछ।

उद्यमशाला कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। इन्क्युबेसन अन्तर्गत नयाँ व्यवसायिक सोच भएका तर उद्यम कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई क्षमता विकास, मार्गनिर्देशन र व्यवसायिक सञ्जाल विस्तारमा सहयोग गरिनेछ।

त्यसैगरी, एक्सीलेरेसन कार्यक्रममार्फत सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीलाई आधुनिक प्रविधिको प्रयोग, क्षमता अभिवृद्धि, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार कार्यक्रममा सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंकिङ पहुँचलगायत विषयमा व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्।

बैंकले यस्तो कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारी सिर्जना, नवप्रवर्तनको विकास र मुलुकको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

बै‌कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ।’ उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया इन्क्युबेसन र एक्सीलेरेसन गरी दुईवटा ढाँचामा सहयोग गर्नेछ। इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ। यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ।

उनका अनुसार एक्सीलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ। यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट