२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

कांग्रेसका नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ : नेता सिटौला

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताएका छन् ।

सोमबार सानो गौचरणमा स्व. ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका उनले यस्तो बताएका हुन् । उनले स्व. ढुंगाना सादगी नेता रहेको बताए । उनले गत वर्ष पार्टी कार्यालयमा विपीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा सच्याउनुपर्ने आवश्यकताबारे उल्लेख गर्नुभएको स्मरण गर्दै नेपाली कांग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्ने बताए ।

उनले भने, ‘उहाँ सादगी नेचरको मान्छे हो, उहाँको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्छ । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीको निश्चित दायराभित्र अनेक घटनाहरु, उत्तारचढाव हुन्छन्, त्यसबारेमा केही भन्न चाहन्न । उहाँ नेपाली कांग्रेसको नेता हो । आज भन्दा एक वर्षअघि मात्रै हामी पार्टी कार्यालयमा एउटै कार्यक्रममा थियौँ । विपीको जन्म जयन्तीको सन्दर्भ थियो । उहाँ नेपाली कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा कहीँ कतै कांग्रेस पार्टीले बाटो त बिराएको छैन भन्नेकुरा उठाउनुभएको थियो ।

उहाँको त्यो भनाइबाट मैले नेपाली कांग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । हाम्रो राजनीतिमा हठको बानी छ नि मैले भनेपछि त्यही कुरा सत्य र अन्तिम हो भन्नेकुरा । उहाँले त्यसलाई प्रश्रय कहिल्यै दिनुभएन । काम गर्दा गल्ती हुन्छ, त्यसको पुनरावलोकन गर्नुपर्छ र समयसापेक्ष बनाएर जनतामा जानुपर्छ भन्नुहुन्थ्यो । उहाँ गतिशिल विचारको मान्छे हो ।’

नेता सिटौलाले नेपाली कांग्रेस राजनीतिमा हठ गर्नेहरुलाई स्व. ढुंगानाले कहिल्यै प्रश्रय नदिएको उल्लेख गरे । स्व. ढुंगाना गतिशिल विचार बोकेर हिँड्ने व्यक्ति भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट