२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

कोशी प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ऐन निर्माण गर्ने

बुधवार , मंसिर ५, २०८१

कोशी प्रदेश । कोशी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भन्दै ऐन निर्माण गर्ने भएको छ । बुधबार बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन भन्दै छुट्टै ऐन बनाउनको लागि सैद्धान्तिक सहमति प्रदान गरेको भौतिक पूर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता भूपेन्द्र राईले जानकारी दिए ।

सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालय मार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावलीलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै आयुर्वेद चिकित्सा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्य योजना तर्जुमा कार्यदलको समय एक महिना थप गर्ने निर्णय सरकारले गरेको छ।

तोकिएको समयमा काम नसकिएको भन्दै सरकारले कार्यदलको समय थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ