logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छ : वनमन्त्री शाही

    जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छ : वनमन्त्री शाही

    175
    Shares
    जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छ : वनमन्त्री शाही

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उनले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताएका छन् । विश्व बाल दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए ।

    जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उनले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पारे ।

    मन्त्री शाहीले भने, ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु । जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिईआएको छ । र, दिनेनै छ ।

    जलवायु संकट केबल विश्वव्यापी आपतकाल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको संकट पनि हो । यसले शिक्षा, स्वाथ्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ । नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमहरुको सामना गरिरहेको अवस्थामा पनि बालबालिका र युवाहरु यस संकटबाट बढी प्रभावित भएका छन ।

    युनिसेफले भर्खरै प्रकाशित गरेको जुन पुस्तक छ, त्यो प्रतिवेदनले बालबालिका र युवाहरुले जलवायु सम्बन्धि क्रियाकलापहरुबारे लिएका बाचाहरुलाई समेटेको छ । र प्रतिवेदनमा समेटिएका तपाईहरुका आवाज हाम्रै भविष्यका लागि आशाका दीप हुन् । यस प्रतिवेदनले तपाईहरुको प्रतिवद्धतालाई पनि उजागर गरेको छ । म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्वन फुटप्रिन्ट घटाउने स्रोतहरुको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु । र गर्ने नै छु ।’

    त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend