logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

    एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

    427
    Shares
    एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ ।

    बुधबार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

    एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताए ।

    संयोजक भट्टराईले भने, ‘पर्सीको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पुर्याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो ।

    उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौ भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं । र दरबारमार्गमा हाम्रो सभा हुनेछ । अलि फराकिलो सडक त्यही पायौ, यता भृकुटीमण्डवमा गर्ने कि भन्ने कुरा थियो ।

    हाम्रो जुुलुशको साइज र सहभागिताको साईज हेर्दा त्यो ठाउँ हामीलाई धेरै सानो हुने स्थिति पनि बन्यो । नत्र हामीले भृकुटीमण्डव गर्ने भनर समाचार बाहिर गईसकेको थियो । तर आज हामी बसेर त्यसको पुनरावलोकन गर्यौं । र हामो निष्कर्ष के रह्यो भने उपस्थिति राम्रो हुने स्थिति देखिएपछि अलि ठूलो ठाउँमा लैजानुपर्छ भन्ने भयो । दोस्रो ट्राफिक व्यवस्थापन पनि ध्यान दिउ, सर्वसाधारणलाई मर्का पर्ने कुरामा ध्यान दिएर दरबारमार्ग मात्रै बन्द गर्दा हुने भयो ।

    त्यसैले त्यो ठाउँ रोजियो । साँढे १२ बजे हामी सभा सुरु गर्छौं । साँढे ११ बजे भद्रकालीबाट जुलुस शुरु हुन्छ । हाम्रो वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुनेछ ।’

    एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ ।

    सभालाई प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend