logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कांग्रेसलक्षित ज्ञवालीको टिप्पणी : बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

    कांग्रेसलक्षित ज्ञवालीको टिप्पणी : बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

    441
    Shares
    कांग्रेसलक्षित ज्ञवालीको टिप्पणी : बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।

    उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखेका हुन् । उनले सत्तारुढ नेपाली कांग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमती बन्ने विश्वास समेत व्यक्त गरे ।

    बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले कांग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताए । कांग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ ।

    तर उपमहासचिव ज्ञवालीले भने चीनतर्फ संकेत गर्दै विकसित देशहरुले अहिले अनुदान सहायता दिने कुरालाई कटौति गर्दै लगेको बताए ।

    उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । दाहालले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाईना कार्ड प्रयोग गरेको टिप्पणी गरेका थिए । त्यो टिप्पणी राष्ट्रका लागि खेदजनक रहेको उपमहासचिव ज्ञवालीको प्रतिक्रिया थियो ।

    उपमहासचिव ज्ञवालीले विपक्ष दलहरुलाई प्रयोग गरेर दाहालले सरकारविरुद्ध भ्रम सृजना गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend