काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएको बताएका छन् ।
महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्टयाएका हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारे ।
उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताए ।
महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताए ।