२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाकै उम्मेदवारी कायम

बुधवार , मंसिर ५, २०८१

मोरङ । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले बुधबार १ वजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन् ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । मुख्यनिर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।

ग्रामथानको प्रमुख पदमा दलगत १५ र स्वतन्त्र १ जनाले उम्मेदवारी दिएका छन् ।

दलगत रूपमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका थिए ।

नमनारायण चौधरीको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ