२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै उहाँले सो घोषणा गरेका हुन् । उनले आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए । उनले बै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु खोजि त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औंल्याए ।

देशभरका आम युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सात वटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए । सिटिइभिटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए ।

उनले भने, ‘सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्नेछु । सिटिइभिटीप्रति बाहिर आवाजहरु सुन्दा यसमा बादल लागेको छ । विषयहरु पुनरावलोकन भएका छैनन्, नतिजा कमजोर छ । जिम्मेवार साथीहरु आफ्नो कार्यमा राम्रोसँग जिम्मेवारी ननिभाएको सुनिन थालेको छ । यसकारण सीप हातमा रोजगारी साथमा भन्ने यति मिठो स्लोगन कतै अफ्ठ्यारोमा छैन भन्ने प्रश्न उठेको छ ।

यसकारण हामी सबै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु खोजि त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने देखेको छु । यसको लागि नतिजा देखिने गरी काम गर्नुपर्छ । देशभरका आम युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सात वटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने देखिन्छ ।

यस्तो संस्थामा ताला लगाएर कामकाज ठप्प पार्ने काम कदापि सह्य हुँदैन । आजबाटै कसैका सिटिइभिटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्नैपर्छ । समिति बनाएर आवश्यकताका आधारमा औचित्य पुष्टि हुनेगरी समस्या समाधान गर्ने हामी सबैको दायित्व हो । आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबै साथीहरुले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न हार्दिक अनुरोध गर्दछु ।’

उनले सिटिइभिटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरुलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरु समाधान गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट