२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल

मंगलवार , मंसिर ११, २०८१

मेष : दिन राम्रो छ। थोरै लगानी गरे पनि आम्दानीको स्रोत बलियो बन्नेछ। समाजमा बोल्दा गम्भीर भएर बोल्नुपर्नेछ। धेरै बोलेमा गोपनीयता भंग हुने जोखिम छ। कृषि सम्बन्धी लगानीबाट फाइदा हुने योग छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले साथ दिनाले मन प्रशन्न हुनेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र राखेमा सोचेको काम बन्नेछ।

मिथुन : सञ्चित धनको खर्च हुनेछ। आफ्नै साथीबाट असहयोग हुनसक्छ। दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा सहजता हुनेछ। स्वदेशमा गरेको लगानीमा प्राप्त विकल्पले मन खुशी हुनेछ। बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ।

कर्कट : तपाईंले राम्रो सोचे पनि साथीभाइले गलत अर्थ लगाउने जोखिम छ। राज्यबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र रहेमा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा गढबढी हुनेछ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। आज गरेको लगानी सार्थक बन्नेछ। परिवारसँग चर्चा र परिचर्चा गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्या : दिन राम्रो छ। विदेशमा गरेको लगानी फैलिने योग छ। दाजुभाइसँगको गोपनीयताले तपाईंलाई फाइदा हुनेछ। खानपानमा सचेत बन्नु राम्रो हुनेछ। मस्तिष्कमा समस्या हुने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। सामाज सेवाको अवसर मिल्नेछ।

तुला : निजी कला र गलाको प्रदर्शन गर्ने दिन छ। उचित क्षेत्रमा लगानीको लागि निर्णय गरेमा मनमा उत्साह बढ्नेछ। घर बाहिरको खानपानले रोग निम्तने जोखिम हुनेभएकाले खानु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भन्दा घर बाहिर तपाईंको कामको प्रशंसा हुनेछ।

वृश्चिक : ११ औं स्थानमा चन्द्रमाको थोरै अंश बाँकी छ। आज लाभ प्राप्त हुनेछ। बोल्नु अगाडि ख्याल गर्नुपर्ने हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बाहिरको खानपानले रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। तपाईंको बोली परोपकारमा लागू गरेमा फाइदा हुनेछ। कानुनी लडाइँमा भए तपाईंले सफलता पाउने योग छ। परिवारको उचित सल्लाह प्राप्त हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। अनुत्पादक क्षेत्रमा बढी खर्च हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मध्य साढेसाती दशाले साना कुरामा झन्झट थपिने छ। विपक्षी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा कामको अवसर प्राप्त हुनेछ। रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

मीन : साढे सातको सुरुवाती दशा चल्दैछ। बोलीमा फरक आउनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथी र संगठन भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट