आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ ।

रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो ।

कास्की जिल्ला अदालतले रविलाई आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

रवि कात्तिक २ गते काठमाडौबाट पक्राउ परेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend