logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सौराहामा पुष ११ देखि १८औं हात्ती तथा पर्यटन महोत्सव हुँदै

    सौराहामा पुष ११ देखि १८औं हात्ती तथा पर्यटन महोत्सव हुँदै

    91
    Shares
    सौराहामा पुष ११ देखि १८औं हात्ती तथा पर्यटन महोत्सव हुँदै

    सौराहा । पर्यटकीय गन्तव्य सौराहामा आगामी पुष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ ।

    १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो ।

    पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ आगामी पुष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताए । उनले महोत्सवमा हात्ती बनभोज, हात्ती फुटबल,हात्ती पोलो,हात्ति सुन्दरी प्रतियोगिता लगायत झाँक्री प्रदर्शनी गरिने बताए ।

    उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत हुने अध्यक्ष गिरीले बताए ।

    महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी,स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभुष तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवद्र्धधनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend