२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. तुम्बाहाङफेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तक अनुसन्धानमा आधारित

शनिवार , मंसिर १५, २०८१

विराटनगर। प्रतिनिधि सभा पूर्व उपसभामुख डा शिवमाया तुम्बाहाङफेद्वारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताएका छन् ।

विस २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको शनिबार विराटनगरमा समीक्षा गरिएको थियो । विसं २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो संस्करणको विराट साहित्य संगमले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रमका समीक्षकहरुले पुस्तक अनुसन्धानमा आधारित रहेको बताएका हुन् ।

पुस्तकको समीक्षा गर्दै विराट साहित्य संगमका सल्लाहकार दिनेश श्रेष्ठले नेपालको महिला आन्दोलनबारे रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताए ।

उनले महिला आन्दोलनको इतिहास र विश्व महिला आन्दोलनबारे पुस्तकमा समेटिएको बताए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापनरत इन्दिरा प्रसाईंले नेपालमा महिला आन्दोलन सवैले पढ्नुपर्ने कृति रहेको बताए । उनले पुस्तकलाई अझै अनुसन्धानमुलक बनाउन आवस्यक रहेकोमा जोड दिए । आर्थिक, राजनीतिक र सामाजिक विभेदमा परेका महिलाका सवालहरू पुस्तकमा समेटिएको उनले बताए ।

विसं २०६२/०६३ को महिला आन्दोलनलाई पनि पुस्तकमा समेट्न उनले आग्रह गरे। उनले भने, ‘ महिला आन्दोलन इतिहासको अभिलेख पुस्तकमा समावेश छ ।’ महिलाहरूले अझै कार्यकारी नेतृत्वमा पुग्न नसकेको र नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मुलक रहेको प्रसाईले बताए ।

एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पुस्तकले विश्वको महिला आन्दोलन समेट्न सके अझ राम्रो हुने सुझाव दिए । उनले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्वपूर्ण श्रोतका रूपमा रहेको उल्लेख गरे । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेले महिला अधिकार क्षेत्रमा युगान्तकारी परिवर्तन भएको बताए । नेपालमा महिला आन्दोलन पुस्तक महिलाको लागि प्रेरणाको श्रोत बन्ने उनले बताए ।

प्रा।डा। हरिहर भण्डारीले नेपाली महिला संस्कृतिको कुरा पुस्तकले समेट्न नसकेको बताए । उनले महिलालाई उच्च सम्मान दिएकाले नेपाली महिला संस्कृतिको विषय समेट्न आग्रह गरे । उनले महिला संस्कृतिको कुराले हाम्रो संस्कृति र सभ्यतालाई बल पुग्ने बताए । कवि शिवनारायण पण्डित (सिंगल)ले बर्तमान समयमा महिलाले गरेको योगदान समेट्न आग्रह गरे ।

डा शिवमाया तुम्बाहाङफेले छुटेका विषयहरु आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाइन । उनले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताइन । उनले विद्यार्थीका लागि पनि पुस्तक आवस्यक रहेको बताइन ।

पुस्तक चर्चा कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, शुभलक्ष्मी लम्साल, रामबाबु दाहाल लगायतले २०४६ पछिका महिला आन्दोलनका विषयलाई समेटेर चाँडै अर्को संस्करण ल्याउन सुझाव दिए ।

डा तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोश्रो संस्करण विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ