logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

    रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

    168
    Shares
    रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो

    काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

    भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइन्छ ।

    त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend