बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मानवअधिकार हनन् भएको भन्दै रविको जीवन रक्षाको लागि रास्वपाले दियो आयोगमा उजुरी

मानवअधिकार हनन् भएको भन्दै रविको जीवन रक्षाको लागि रास्वपाले दियो आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । सरकारले लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको हो ।

पार्टीले निवेदनमार्फत लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न मानवअधिकार आयोगको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा सङ्घ–संस्था समक्ष अपिल गरेको छ ।

२० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend