सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कानून निर्माणका सवालमा समितिले सरकारको ध्यानाकर्षण गराउन सकेनः सांसद भुसाल

कानून निर्माणका सवालमा समितिले सरकारको ध्यानाकर्षण गराउन सकेनः सांसद भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कानून निर्माणका सवालमा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराउन नसकेको भन्दै असन्तुष्टी जनाएका छन् ।

आईतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद भुसालले यस्तो बताएका हुन् । कानून निर्माण गर्ने प्रक्रिया नै कानून नबनाउने जस्तो देखिएको बताए ।

संविधान कार्यान्वयन गर्नको लागि आवश्यक कानून निर्माण गर्न नसकिएको उल्लेख गर्दै उनले बढीभन्दा बढी कानून निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक रहेको बताए । अहिलेकै अवस्थामा संविधान संशोधन गर्ने कुरा सम्भव नरहेको बताए ।

संविधान कार्यान्वयनको समिक्षा नै नगरि संशोधन गर्ने कुरा जनतालाई स्विकार नहुने उनको तर्क थियो ।

उनले भने, ‘जम्मा २ वटा विधेयक आएका छन् । समतिबाट सरकारको ध्यानाकर्षण नै गर्न सकिएन । एउटा, पाटो यो छ । आफ्नै भोगको तीतो अनुभव के छ भने ११ महिना मन्त्रालयमा बस्दा एउटा विधेयक बनाउन सकिएन । हाम्रो कानून बनाउने प्रक्रिया नै कानून नबनाउने खालको प्रक्रिया भयो के । कानून त बनाए भयो नि । बिचमा केही समस्या आए फेरि संशोधन गर्न सकिन्छ ।

संविधान कार्यान्वयन गर्न कानून नबनेको अवस्थामा कसरि कानूनहरु निर्माण गर्न सकिन्छ यसमा चाहीँ सहकार्य गरौं । राष्ट्रिय सभाअन्तर्गत भएको हिसावले यो समिति पनि कानून निर्माणसँग जोडिएको छ । एकातिर चाँही संविधान संशोधन भन्ने अर्कोतिर संविधान कार्यान्वयनका लागि चाहिने काम चाँही नगर्ने कम भयो क्या । संविधान के मा संशोधन गर्ने ? संविधानको समिक्षा नगरि के मा संशोधन गर्ने ? अहिले बाहिरका नीतिहरु संशोधन हो भने त्यो सम्भव छैन ।

त्यो जनतले स्विकार गर्ने स्थिति छैन । अहिले संघीयकोबारे के गर्ने भने पनि आखिरमा संघीयता अस्वीकार हुने स्थिति त देखिँदैन नि फेरि पनि ।’

अहिलेको अवस्तामा संघीयतामाथि पुर्नविचार गर्न नसकिने पनि उनको भनाइ छ ।

त्यस्तै बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले तीनै तहका सरकार र समितिले पनि गर्नसक्ने कामहरु गन नसकेको बताइन् । उनले कानून मापन र निर्माण छुट्टै कुरा भएकाले विधेयकको लागि सरकारको मुख ताक्न नहुने बताइन् ।

उनले भनिन्, ‘तीनै तहको सरकारले गर्नुपर्ने कामहरु नगरिरहेको स्थिति छ । हामीले पनि गर्न सक्ने कामहरु समितिबाट गर्न सकेनौं । हामीले पनि अब ऐन, कानूनको मापन गर्ने कुरा छुट्टै भयो तर हामी जसरि बजेटिङका लागि बाहिर निर्भर रह्यौं त्यो पनि गलत हो ।

अहिले कुनै न कुनै पार्टीले सरकार सञ्चालन गरिरहेका छौं त्यो पार्टीको आफ्नै भुमिका छ । तर हामीले मिलेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । हामी आफू काम गर्न नसक्ने अनि संघीयता गलत हो भनिदिने ?’

समितिमा सहभागि अधिकांश सांसदहरुले कानून निर्माणका सवालमा समिति अझै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend